Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकाकी पहिलो महिला समाचार प्रस्तोता बारबरा वाल्टर्सको निधन

    अमेरिकाकी पहिलो महिला समाचार प्रस्तोता बारबरा वाल्टर्सको निधन

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 471
    SHARES

    एजेन्सी । अमेरिकाकी पहिलो महिला समाचार प्रस्तोता बारबरा वाल्टर्सको ९३ वर्षको उमेरमा निधन भएको छ । आधा दशक टेलिभिजनमा बिताएकी बारबरा सन् १९७६ मा एबीसी न्यूजमा आबद्ध भएसँगै अमेरिकाको पहिलो महिला समाचार प्रस्तोता बनेकी थिइन् ।

    सन् १९२९ मा बोस्टनमा जन्मिएकी बारबराले १२ वटा एमी अवार्डसमेत जितेकी थिइन् । उनले रिचार्ड निक्सनदेखि डोनाल्ड ट्रम्पसम्म सबै अमेरिकी राष्ट्रपतिको अन्तरवार्ता लिएकी थिइन् ।



    उनले सन् १९६१ मा पत्रकारिताको करियर सुरुवात गरेकी थिइन् । एनबीसीमा उनले महिला सम्बन्धी कार्यक्रम चलाउँथिन् । पुरुषहरूको वर्चश्व रहेको उद्योगमा उनले प्रगति गर्दै सन् १९७४ मा अमेरिकी समाचार कार्यक्रम एनबीसीको ‘टुडे शो’ मा अमेरिकाकी पहिलो महिला सह–प्रस्तोता बनिन् ।



    एबीसीमा पहिलो महिला समाचार प्रस्तोता बनेसँगै उनको १० लाख डलरको तलबले उनलाई मिडियाको सुपरस्टार बनाएको थियो । ५२ वर्ष मिडियामा बिताएपछि उनले सन् २०१४ मा सन्यास लिएकी थिइन् । उनको अन्तिम कार्यक्रममा हिलारी क्लिन्टन र ओपरा विन्फ्री सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार