Jul 17 2026 | २०८३, श्रावण १ गते

17 Jul 2026 | शुक्रवार, श्रावण १ गते २०८३

शुक्रवार, श्रावण १ गते २०८३
images
images

कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार

कपिलवस्तु । कलाकार दुर्गेश थापामाथि ढुङ्गा प्रहार भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका थापामाथि ढुङ्गा प्रहार भएको हो ।

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो । आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

किन र कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ ।

पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए । थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077