Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्याजिक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा चोक नजिक सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ माधवनारायण नगरपालिका–३ सखुअवामा ना १ ज ६७४९ नम्बरको म्याजिक जिप र बा ३९ प ८८६५ को नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा माधवनारायण नगरपालिका-२ बस्ने ६५ वर्षीय परमात्मा प्रसाद साह र सोही नगरपालिका-३ बस्ने ५५ वर्षीय गोकर्ण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मोटरसाइकलमा सवार उनीहरु दुर्घटनामा गम्भीर घाइते भएका थिए र सुकदेवचोकस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । जिपका चालक चन्द्रपुर नगरपालिका–४ का २७ वर्षका महम्मद सहुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077