Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग बराबरीमा रोकियो सिटी

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र एभर्टन बराबरीमा रोकिएका छन् ।

इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको २४ औं मिनेटमा अर्लिङ हल्याण्डले रियाद महरेजको पासमा गरेको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफमा एभर्टन खेलमा फर्कन सफल भयो ।

६४ औं मिनेटमा डेमराइ ग्रेले गोल फर्काउँदै खेल बराबरी ल्याए । १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ । एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077