Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा औपचारिक निर्णय लिन पार्टीको बैठक शनिबारबाट जारी छ।

शनिबारको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखे । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको छ ।

बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ । नेताहरुले एमालेसँग मिलेर नगए यस अगाडि पाएका धेरै पदपनि गुमाउनुपर्ने भन्दै नेतृत्वसँग चिन्ता व्यक्त गरेका छन्।

एकीकृत समाजवादी पार्टी गत मंसिर ४ गते भएको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेको छैन। कतिपयले एकीकृत समाजवादीका नेतृत्वले पार्टी विघटनको औचित्य पुष्टि गर्न नसकेकाले यस्तो अवस्था आएको बताएका छन्।

एमाले नेतृत्वमा नयाँ सत्ता गठबन्धनमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077