Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफैँ खोजेर सरकारमा नजाने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

बैठकमा वर्तमान सरकारमा सहभागी हुने नहुने बारे नेताहरूले आआफ्नो धारणा राखेका छन्।

बैठकमा बोल्ने नेताहरूले वर्तमान सत्ता समीकरण नाटकीय रुपमा तयार भएकाले त्यसलाई राम्ररी अध्ययन गरेर मात्र निर्णय गरिनुपर्ने बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक भेटेर सरकारमा आउन आग्रह गरे पनि औपचारिक कुनै प्रस्ताव नआएकाले आफैँ खोजेर सरकारमा जान नहुने राय अधिकांश स्थायी कमिटी सदस्यको छ।

सरकारलाई समर्थन र सरकारमा जाने कुरा फरक रहेको बताउँदै नेताहरूले यो खिचडी सरकार बनेकाले नेकपा एकीकृत समाजवादीको समर्थन दिँदा र नदिँदा कुनै असर नगर्ने भएकाले अहिले नै सरकारको समर्थन र सरकारमा जाने कुरा पार्टीले अघि नसार्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077