काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको काम अझै १०–१५ दिन लाग्नसक्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले हाल खेलकुदमन्त्री नभएको प्रसंग उल्लेख गर्दै मन्त्रिपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताए । उनले खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सरकारलाई आग्रहसमेत गरे ।
उनले खेलाडीहरूले खेलकुद क्षेत्रको विकासमा राम्ररी ध्यान देओस् भनेर चाहेको उल्लेख गर्दै उक्त माग सरकारसमक्ष पुर्याउन आफू लागिपर्ने आश्वासन दिए ।