काठमाडौं । नेकपा एकीकृत समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिटब्युरो बैठक बोलाएको छ।
पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
एकीकृत समाजवादीले सोमबार पोलिटब्युरो बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठक विहान ११ बजे पार्टी कार्यालयमा नै बस्ने उनले बताए ।
मुख्य रुपमा पार्टी निर्माण सुदृढिकरण र विस्तारका विषयमा गहनतम छलफल गरेको उनको भनाइ छ ।