Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारमा जाने या नजानेबारे निर्णय गर्न नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारमा सहभागी हुने या नहुनेबारे आज निर्णय गर्ने भएको छ । त्यसका लागि पार्टी पोलिटब्युरोको बैठक बोलाइएको छ ।

पोलिटब्युरोको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । पार्टीका महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण तथा अन्य राजनीतिक विषयमा छलफल गर्न पोलिटव्यूरो बैठक बोलाइएको छ ।

सो दलभित्र पार्टीको आन्तरिक सुदृढीकरण गरेर अघि बढ्ने कि अन्य पार्टीसँग पार्टी एकता गरेर जाने विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।

एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए । केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077