काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक भर्खरै सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पोलिटब्यूरो बैठक चलिरहेको छ ।
बैठक सरकारमा सहभागी हुने वा नहुने पार्टीले लिने नीति तथा योजनाका विषयमा समेत छलफल गर्ने बताएको छ ।
सो दलभित्र पार्टीको आन्तरिक सुदृढीकरण गरेर अघि बढ्ने कि अन्य पार्टीसँग पार्टी एकता गरेर जाने विषयमा छलफल जारी रहेको नेताहरुले बताएका छन् ।
एकीकृत समाजवादीको यसअघि शनिबार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए ।
केही सदस्यले तत्काल सरकारमै सहभागी हुनुपर्नेमा जोड दिएको बताइएको छ ।