Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेप्से परिसूचक १७.५६ अंकले बढेर २०६३.८३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.८८ अंकले वृद्धि भएर ३९४.८९ विन्दुमा अडिएको छ।

यसदिन नेप्से परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आज २ अर्ब ९६ करोड मूल्यको सेयर कारोबार भयो।

साताको पहिलो कारोबार दिन आइतबार ४ अर्ब ४ करोड ८८ लाखको सेयर कारोबार भएको थियो। सोमबार २५३ कम्पनीको ८२ लाख ७१ हजार ३५५ कित्ता सेयर २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४४० रुपैयाँमा खरिदबिक्री भयो।

आज चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। १६ करोड ८४ लाख मूल्य बराबरको सेयर कारोबार गरी नविल बैंक शीर्षस्थानमा रह्यो।

यस्तै, हिमालयन डिस्टिलरीको १६ करोड ६४ लाख मूल्य बराबरको कारोबार गरी दोस्रो स्थानमा रह्यो। कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य बढ्यो भने ३ को घट्यो। मनु एन्ड प्रो, म्युचुअल फण्ड र अदर्श उपसमूहको सूचक नकारात्मक देखिएको हो।त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077