Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महोत्तरीको औरहीमा एक पुरुषको शव फेला

महोत्तरी। महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ ।

औरही नगरपालिका-७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।

झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ ।

उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेकाले त्यसै अनुसार अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077