Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रामकुमारी झाँक्रीलाई बाँस्कोटाको व्यंग्य - सबैलाई तानेरै एमालेमा ल्याउन नखोज्नु, कारबाहीमा परिएला !

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले माधव नेपाल नेतृत्वमा रहेको एकीकृत समाजवादीका नेताहरूले एमालेमा आएर सदस्यता नवीकरण गर्न आग्रह गरेका छन्।

बाँस्कोटाले अहिलेको परिप्रेक्षमा पार्टीको एकताको विधि नै आफ्नो सदस्यता नवीकरण गर्नु भएको सुझाएका हुन्।

उनले फेसबुकमा लेखेका छन्, ‘समाजवादीका पार्टी सदस्यले लम्बेचौंडे कुरै गर्नु पर्दैन ।जस्लाई एमालेमा रहन मन छ उस्ले खुरुखुरु सदस्यता नविकरण गरे भैहाल्छ।

अहिलेको परिप्रेक्क्षमा त्यै हो पार्टी एकताको सजिलो बिधी।रामकुमारी झाँक्रीले पनि तानेरै ल्याउन चै नखोज्नु नि!ब्यर्थै कारवाहीमा परिएला है।’

उनले नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीबाट कारबाहीमा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्।

शनिवारदेखि बसेको स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा झाँक्रीसहित केहीमाथि कारबाही गर्नुपर्ने आवाज उठेको थियो। निर्वाचनबाट नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेपछि झाँक्री एमालेप्रति नरम छिन्।

झाँक्रीले हालै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गरेर दिएको टिभी अन्तर्वार्ताको प्रसङ्गसमेत निस्किएको हिजोको बैठकका निस्किएको थियो।

एमालेबाट अलग हुने बेलामा झाँक्री माधव नेपाललाई हातमा दोहोराएर निर्वाचन आयोगमा पार्टी दर्ताका लागि गएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077