Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले गठबन्धन छाड्नुमा कांग्रेसको दोष छैन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धनलाई अवसरवादी भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले गठबन्धन टुटेर केही निराशा देखिएपनि अहिलेको चुनौतीलाई अवसरमा परिणत गर्ने बताए ।

उनले भने, ‘आउने निर्वाचनमा एक्लै जित्न सक्ने पार्टीको रुपमा रुपान्तरण गर्ने लक्ष्यका साथ काम गछौँ ।’ उनले प्रचण्डले गठबन्धन छाडेर जानुमा कांग्रेसको कुनै दोष नभएको प्रष्टीकरण दिए ।

उनले भने, ‘प्रचण्डजीले गठबन्धन छाडेर जानुभयो । उहाँ आफ्नो प्रतिबद्धताविपरीत किन गठबन्धन छाडेर जानुभयो भन्नेबारे विश्लेषण हुँदै जालान् । तर गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन । हामी कहीँ कतै पनि विचलित भएका छैनौँ। हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फ पनि ध्यान दिएनौँ ।’

उनले प्रतिपक्षमा भएपनि सशक्त रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए । नेता महतले निर्वाचनअघिको कांग्रेस-माओवादी गठबन्धन कायम रहनेमा आफूहरू विश्वस्त रहेको तर पुष्पकमल दाहाल र माधव नेपालले धोका दिएको बताएका थिए ।

सरकार बनाउन छलफल भएको तर अन्तिम समयमा दाहालले छाडेर एमालेसँग गठबन्धन बनाएकोमा नेता महतले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077