Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक केहीबेर अघि सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपा अध्यक्ष रवि लामिछाने सहभागी छन् ।

विष्णु पौडेल संयोजकत्वको कार्यदलले तयार पारेको सरकारको न्युनतम् साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।कार्यदलले तयार पारेको न्युनतम् कार्यक्रमको मस्यौदा शीर्ष नेताले अध्ययन गरेपछि अन्तिम रुप दिने तयारी छ ।

गठबन्धनको बैठक अघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि समयसामयिक विषयमा छलफल गर्दै सरकारमा सामेल हुन र पुस २६ गते आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077