Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बुबाको हत्या गर्न ५ लाख रुपैयाँमा शुटरसँग ‘डिल’, छोरा र ज्वाइँसहित तीन पक्राउ

    बुबाको हत्या गर्न ५ लाख रुपैयाँमा शुटरसँग ‘डिल’, छोरा र ज्वाइँसहित तीन पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 675
    SHARES

    धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको खुलेको छ । ४० वर्षीय दासको गएको पुस १० गते आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

    दासलाई हत्या गर्न उनका २१ वर्षीय छोरा प्रदीप दासले पाँच लाखको सुपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा आरोपमा उनको छोरा प्रदीप, ज्वाइँ महोत्तरी पिपरा गाउँपालिका ५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराइन नगरपालिका २ का रञ्जित कुमार यादवलाई धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।



    यही पुस ९ गते उनको हत्या भएको थियो । दास हत्याको मुख्य योजनाकार उनको छोरा प्रदीप रहेको प्रहरी अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।



    दासका छोरा प्रदीप दासले प्रयोग गर्ने भनिएको मोटरसाइकल तथा घटनामा संलग्न रहेको व्यक्तिहरुको बारेमा अनुसन्धान गर्ने क्रममा प्राविधिक विश्लेषनको सहयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरि उनीहरूलाई खोजतलाश गर्ने क्रममा पुस १९ गते दिउँसो ३ बजेको समयमा धनुषाको नगराइन नगरपालिका वडा नम्बर–२ जटही बस्ने २१ वर्षीय रञ्जित कुमार यादवलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित सिक्सलेन बाटोमा जटही–जनकपुर चल्ने बसबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    उनका अनुसार सुटर रञ्जितले सेवाग्राही बनेर उनको हत्या गरेका थिए । परिवारिक कलहका कारण प्रदीपले आफ्ना भिनाजु उदय दाससँग मिलेर योजना बनाएको बुझिएको छ । उनी मधेस प्रदेश प्रहरी कार्यालयमा जनकपुरधाममा कार्यरत थिए ।

    सुटर रञ्जितलाई मृतक दासका छोरा प्रदीप र ज्वाइँ उदयले घटनाको एक महिनापूर्व एक लाख रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ । सुटर रञ्जितले दुई लाख १० हजार उदयमार्फत बुझेका छन् । बाँकी पैसा पछि दिने उनीहरुबीच सहमति भएको थियो ।

    पक्राउ परेकाहरुसँग प्रहरीले कटुवा पेस्तोल एक थान, गोली दुई राउन्ड, अटोमेटिक पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन दुई थान र आठ राउन्ड गोली बरामद गरेको छ । घटनामा मृतक दासको छोरा चढ्ने मोटरसाइकल प्रयोग भएको बताइएको छ । तर, मोटरसाइकल फेला परेको छैन ।

    अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नुपर्ने विषयमा भएको विवाद नै दासको हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार