Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • धनुषामा गोली लागेर घाइते भएका युवकको मृत्यु

    धनुषामा गोली लागेर घाइते भएका युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 798
    SHARES

    धनुषा । धनुषामा अज्ञात व्यक्तिले हानेको गोली लागेर गम्भिर घाइते भएका एक पुरुषको मृत्यु भएको छ ।

    जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धानुक दासको मृत्यु भएको हो । बायाँ कोखमुनि गोली लागेर घाइते भएका दासलाई प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।



    शनिबार साँझ साढे सात बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दास दमकल मिस्त्रीका रूपमा काम गर्दै आएको बुझिएको छ ।



    मोटरसाइकलमा सवार भएर आएका दुई व्यक्तिले उनलाई गोली हानेको स्थानीयले देखेका थिए । गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार