Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

    कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 384
    SHARES

    काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।



    नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो ।



    सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार