Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • गहुँ खेतमा भेटियो महिलाको शव, हत्याको आशंका

    गहुँ खेतमा भेटियो महिलाको शव, हत्याको आशंका

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 510
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषाको हंसपुरमा गहुँ खेतमा महिलाको शव भेटिएको छ ।

    धनुषाको हंसपुर नगरपालिका-७ की ५५ वर्षीया शुभ देवी मण्डलको शव गहुँ खेतमा फेला परेको हो ।



    धनुषाकै सहिदनगर नगरपालिका-४ ननुपट्टी गएकी मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् ।



    उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको प्रहरीले जनाएको छ ।

    मृतक मण्डलको शरीरको विभिन्न भागमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

    साँझदेखि हराइरहेको उनको खोजतलासको क्रममा हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार