Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

    खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 975
    SHARES

    फाइल तस्विर

    धनुषा । धनुषामा खाल्डोमा खसेर २ वर्षीय बालकको मृत्यु भएको छ।

    धनुषाको जनपुरधाम उपमहानगरपालिका-२५ केउटानी टोलमा  सडक निर्माणको क्रममा खुल्ला छाडेको खाल्डोमा खसेर २ वर्षीय रोहन मुखियाको मृत्यु भएको हो।



    घर वरपर खेलिरहेका रोहन कतै नदेखिएपछि परिवारले खोजी गर्दा खाल्डोमा खसेको अवस्थामा भेटिएका थिए।



    उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको थियो।

    केउटानी टोलमा दुई वर्षअघि नै सडक ढलान गरिएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार