Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रहरी प्रवक्ता राईको आग्रह – फिल्ममा प्रहरीलाई नकारात्मकरुपमा चित्रण नगर्नू

    प्रहरी प्रवक्ता राईको आग्रह – फिल्ममा प्रहरीलाई नकारात्मकरुपमा चित्रण नगर्नू

    प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुनसक्छ

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 603
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले फिल्ममा प्रहरीलाई नकारात्मकरुपमा चित्रण नगर्न आग्रह गरेका छन् ।

    बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित नेपाल चलचित्रकर्मी एवम् चलचित्र विज्ञहरुसँगको अन्तक्रियामा प्रवक्ता राईले यस्तो आग्रह गरेका हुन् ।



    उनले कलाकार र चलचित्र क्षेत्रबीचको समन्वय र सहयोग आदानप्रदानको लागि यो अन्तरक्रिया आयोजना गरिएकोले चलचित्र क्षेत्रलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर बताए । नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकोले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने उनको भनाई छ ।



    प्रहरीलाई नकारात्मक चरित्रको रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुनसक्नेप्रति चिन्ता व्यक्त गर्दै प्रवक्ता राईले चलचित्रको सिर्जना र कथा मर्नु हुँदैन भन्नेतर्फ समेत नेपाल प्रहरी सजग रहेको बताए । साथै उनले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गर्दै चलचित्र क्षेत्रको अपेक्षा पुरा गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताए ।

    चलचित्र क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले साइबर सुरक्षाको सम्बन्धमा व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै प्रहरी नायव महानिरीक्षक राईले यस सम्बन्धमा साइबर व्यूरो मार्फत प्रभावकारी रुपमा काम गर्न सकिने बताए । यस्तै नेपाल चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायांकनको क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकंनस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

    उनले चलचित्र छायाकंनको क्रममा र हलमा फिल्म लागेको पहिले दिनमै मोबाइलमार्फत दृश्य खिचेर युटुबमार्फत प्रसारण गरिदिनाले निर्माताको करोडौं नोक्सान भएकोले यसलाई नियमन गर्न प्रहरीको सहयोगको समेत अपेक्षा गरे । पछिल्लो समयमा चलचित्र छायांकनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकोले यसको प्रयोग सहजिकरणमा नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार