Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ह्यारी केनको दुई गोलमा क्रिस्टल प्यालेसमाथि टोटेनहमको शानदार जित

एजेन्सी । टोटेनहमले क्रिस्टल प्यालेसमाथि प्रभावशाली जित हात पारेको छ ।

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति क्रिस्टलको घरेलु मैदान सेलहार्ट पार्कमा टोटेनहमले ४–० को जित निकालेको हो । टोटेनहमको जितमा ह्यारी केनले २ तथा माट डोहार्डी र सन ह्युगले एक/एक गोल गरे।

पहिलो हाफसम्म गोरहित बराबरीमा रहेको खेलको दोस्रो हाफमा टोटेनहमले प्रभावशाली प्रदर्शन गरेको हो । यो जितसँगै १८ खेलमा ३३ अंक बनाएको टोटेनहम पाँचौ स्थानमा यथावत छ ।

उसले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी २ मा झारेको छ भने तेस्रो स्थानको न्युक्यासल र चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दूरी १ मा कायम राखेको छ।

क्रिस्टल भने २२ अंकसहित १२ औँ स्थानमा छ। शीर्ष स्थानको आर्सनलको ४४ अंक छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077