Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कर्णाली प्रदेश सरकार गठन गर्न आह्वान, २७ गतेसम्मको म्याद

सुर्खेत । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख परियारले मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन हुनेछ ।

४० सदस्य रहेको कर्णाली प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक/ एकजना छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077