Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म्यानचेस्टर सिटीसँग चेल्सी १–० गोल अन्तरले पराजित

एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ ।

गएराति सिटीले चेल्सीलाई उसकै मैदान स्टामफोर्ड ब्रिजमा १–० गोल अन्तरमा हराएको हो । सिटीको जितमा रियाद महारेजले निर्णायक गोल गरे ।

यो सिजन खराब लयमा रहेको चेल्सीको यो छैठौं हार हो। १७ खेल खेलेको चेल्सीले ७ जित, ४ बराबरी र ६ हारसहित २५ अंक जोडेर तालिकाको १० औं स्थानमा छ।

सिटीसँगको हारसँगै चेल्सीको शीर्ष चारमा सम्भावना थप कमजोर बनेको छ। यो जितसँगै दोस्रो स्थानमा ४ अंकको अग्रता बनाएको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077