Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्।

संसद भवनमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा लेखकले आफूहरू अहिलेको आन्तरिक तयारीमा रहेको बताएका हुन्।

लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं।’

उनले वर्तमान सत्तासमीकरण भत्काउने खेलमा कांग्रेस नलागेको बताए ।

लेखकले भने, ‘समीकरण भत्काउने र नयाँ बनाउने काममा हामी छैनौं, भोलि संसदीय दलको बैठक छ । २६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौँ। २६ गते बिहान नै सरकारलाई विश्वासका मत दिने कि नदिने भन्ने निर्णय सार्वजनिक हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077