Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन : रमेश लेखक

    कांग्रेसले कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको छैन : रमेश लेखक

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 834
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको बताएका छन्।

    संसद भवनमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा लेखकले आफूहरू अहिलेको आन्तरिक तयारीमा रहेको बताएका हुन्।



    लेखकले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्री प्रस्ताव गरेका छैनौं, हामी पार्टीलाई नयाँ संसदमा एकतावद्ध र सशक्त रुपले कसरी अगाडि लिएर जाने भन्ने आन्तरिक तयारीमा छौं।’



    उनले वर्तमान सत्तासमीकरण भत्काउने खेलमा कांग्रेस नलागेको बताए ।

    लेखकले भने, ‘समीकरण भत्काउने र नयाँ बनाउने काममा हामी छैनौं, भोलि संसदीय दलको बैठक छ । २६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौँ। २६ गते बिहान नै सरकारलाई विश्वासका मत दिने कि नदिने भन्ने निर्णय सार्वजनिक हुन्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार