Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंको सामाखुशीमा आगलागी, नियन्त्रणमा लिन तीनवटा दमकल प्रयोग

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै आगलागी भएको छ ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी छ ।

आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।

आगलागी एउटा टहरोको पसलबाट सुरु भएको बताइएको छ । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077