Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंको सामाखुशीमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको सामाखुसीमा रहेको आकाश जोगिनी पेट्रोलपम्प नजिकै भएको आगलागी नियन्त्रणमा आएको छ । शुक्रबार साँझ भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौं महानगरपालिका, बालाजु औद्योगिक क्षेत्रबाट, बूढानीलकण्ठ नगरपालिकाबाट र प्रहरीको वाटर क्यानन गरी ४ वटा दमकलहरु र ५ वटा पानी ट्याङ्करहरुसमेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको छ ।

घटनामा मानवीय क्षति भएको छैन् । क्षतिको विवरण आउन बाँकी रहेको र आगोलागीको कारण नखुलेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भइरहेको बताइएको छ । आगलागी एउटा टहरोको पसलबाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077