Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

छिमेकीहरू सरकार फेरफार गर्नुपर्छ भनेर लागेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार निर्माणमा छिमेकी देशले अनावश्यक चासो राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

संघीय सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले बाह्य शक्तिले सरकार गठनमा अनावश्यक चासो राखेको बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार आयोजित कार्यक्रममा ओलीले भने, 'यो नेपालीले बनाएको सरकार हो । यो परिवर्तनको सन्दर्भमा हामी नेपालीले सरकार बनाएका छौं । नेपालीलाई सरकार बनाउन नदिने चाँजोपाँचजो थियो ।'

सरकार गठन गर्नु नेपाली स्वाधिनताका लागि महत्वपूर्ण भएको ओलीको भनाइ थियो । उनले सरकार गठनका क्रममा विभिन्न कूटनीतिक मान्यता विपरीतका कार्य भएको पनि बताए ।

सरकारी गठनका क्रममा भएका त्यस्ता कुरालाई राजनीतिक दलहरूले प्रतिरोध गरेको ओलीको भनाइ थियो । उनले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन गरेको बताए ।

ओलीले भने, 'कांग्रेस सभापति शेरबहादुर देउवा जीले एउटा पार्टीको अध्यक्षलाई प्रधानमन्त्री दिन्छु भन्नुभयो। बरु ठुलो दलको पार्टीको नेतृत्वले सरकार बनाउन पाउँछ। कांग्रेस अन्तरविरोधमा खेल्न चाहिरहेको छ। हामी त्यसो हुन दिँदैनौँ ।’

ओलीले कांग्रेस सभापति देउवाले खुद्रा खेल खेलिरहेको आरोप पनि लगाए । सांसदहरूले सुझबुझ पूर्ण व्यवहार गर्नुपर्ने र रिसाउन नहुने ओलीले बताए।

संसदलाई फोहोरी खेल खेल्ने र दाउपेचको अखडा बनाउन नहुने ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077