Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : भिल्लारियलसँग रियल म्याड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगामा भिल्लारियलसँग रियल म्याड्रिड पराजित भएको छ ।

गएराति भिल्लारियलमा भएको खेलमा रियल घरेलु टोली भिल्लारियलसँग २–१ गोल अन्तरले पराजित भएको हो । म्याड्रिड पराजित भएसँगै शीर्ष स्थानमा उक्लने मौका गुमायो ।

भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले गोल गर्दा रियलका लागि करिम बेन्जेमाले गोल गरे ।

यो हारपछि रियलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। यसको सोझो फाइदा बार्सिलोनालाई पुगेको छ। भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ।

यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्ष स्थानमा छ। रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077