Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकीमा खगराज र वाग्मतीमा शालिकराम आज मुख्यमन्त्री बन्दै

काठमाडौं । वाग्मती र गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुने भएका छन् । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।

वाग्मतीमा नेकपा (माओवाादी केन्द्र) का प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र गण्डकीमा नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै छन् ।

अधिकारीलाई माओवादी र राप्रपाका प्रदेश सांसदहरुले समेत समर्थन गरेका छन् । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077