Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जनताले विकास र परिवर्तन खोजेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो परिस्थिति सहज रुपले नआएको बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

ओलीले भने, 'म विश्वस्त छु प्रधानमन्त्रीमा प्रचण्डले विश्वासको मत पाउनुहुनेछ। म अहिले नै उहाँलाई बधाई दिन चाहन्छु।'

अब देश विकास गर्न र देशको उन्नति प्रगतिका लागि सरकारले काम गर्ने ओलीले बताए। ओलीले राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको बताए ।

मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने बताए।

उनले भने, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन्। हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन्। हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ।’

जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077