काठमाडौं । नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका छन् ।
संसदको पहिलो बैठकमा उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी र एकीकृत समाजवादीका सांसद प्रतिपक्षको बेञ्चमा बसेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि रेशम चौधरीको रिहाई नभएसम्म सरकारमा नजाने बताएको छ । नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।
एकीकृत समाजवादीका नेता माधव नेपाल पनि संसदको प्रतिपक्षको बेञ्चमा बसेका छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।