Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले अध्यक्ष ओली भन्छन् - कांग्रेसले विश्वासको मत दिए अफ्ठ्यारो नमान्नु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले विश्वासको मत दिए अफ्ट्यारो नमान्न आग्रह गरेका छन् ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो आग्रह गरेका हुन् । उनले गठबन्धनसँग अहिल्यै १७५-८० मत भएको दाबी गरे।

'संसदमा रहेका करिब सबै दलको सरकारलाई समर्थन छ। एक हिसाबले भन्ने हो भने असधारण मत पनि छ। भोलि झन् असधारण मतको अपेक्षा हामी गर्न सक्छौं। करिब १८० को संख्या त छँदैछ। त्यसमाथि ८५-८८ थपिए पनि अफ्ठ्यारो मान्नु पर्दैन,' उनले भने।

उनले कांग्रेसतर्फ इंगित गर्दै गिलास बाहिर पानी हाल्नुको अर्थ नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077