Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनको हेनान प्रान्तमा ९० प्रतिशत मानिसमा कोरोना संक्रमण

एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोरोना संक्रमित भएका छन् ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८ करोड ८५ लाख मानिस कोरोना संक्रमित भएको तथ्य सार्वजनिक गरेका हुन् ।

गत डिसेम्बरमा शून्य कोभिड नीति त्यागे यता चीनमा कोरोना संक्रमितको संख्यामा अप्रत्याशित वृद्धि भइरहेको छ ।

सरकारको कडा नीति अन्तर्गतका लकडाउन, क्वारेन्टिन र सामूहिक स्वास्थ्य परीक्षण विरुद्ध जनसमूहबाट अनपेक्षित विरोध प्रदर्शन सुरु भएपछि नरम नीति लिदा पुनः कोरोना संक्रमण दर बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077