Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१२ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौं । ललितपुरमा १२ वर्षीय बालिकालाई करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर गाईघाट नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२८ हरिसिद्वी बस्ने २८ वर्षीय सुरेन्द्र बहादुर राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

युवकले ती बालिकालाई गत शुक्रबार आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077