Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकाविहानै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगे गण्डकीका मुख्यमन्त्री अधिकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न गण्डकी प्रदेशका नववियुक्त मुख्यमन्त्री खगराज अधिकारी बालुवाटार पुगेका छन् ।

मुख्यमन्त्री अधिकारी बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको छ ।

गण्डकीमा सत्ता भागबण्डाका क्रममा नेकपा एमालेलाई मुख्यमन्त्री परेको थियो। पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077