Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा आज सभामुखको मनोनयन दर्ता हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुँदै छ ।

बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखको मनोनयन दर्ताको लागि समय दिइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् ।

एमाले नेतृत्वको गठबन्धनमा भागबन्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको विषयमा टुंगो नलागेको जनाएको छ ।

नेपाली कांग्रेसले पनि प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077