Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको आग्रह – सुप्रिम र सुप्रिमो ठान्ने प्रवृत्तिको सिकार नभइदिनुहोला

    प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालको आग्रह – सुप्रिम र सुप्रिमो ठान्ने प्रवृत्तिको सिकार नभइदिनुहोला

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गल्ती महशुस नगर्ने, आफैँले मात्र जान्ने सुन्ने र सुप्रिमो हुने नेपालको राजनीतिमा देखिएको गलत प्रवृत्तिको सिकार नहुन आग्रह गरेका छन् ।

    नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै पुन संसद् विघटनको खतरा कायम रहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।



    अध्यक्ष नेपालले भने,‘गल्ती महसुस नै नगर्ने प्रवृत्ति राजनीतिक वृत्तमा देखिन्छ । मैले जे गरेँ, ठिक गरेँ । शिक्षा नलिने, नचेत्ने, त्रुटि भएको महसुस नगर्ने, अहङ्कार प्रदर्शन गर्ने, सबै कुराको ज्ञाता मै छु भन्ठान्ने । सुप्रिम र सुप्रिमो ठान्ने प्रवृति देखिन्छ । यसको सिकार वर्तमान प्रधानमन्त्री नभइदिनुहोला है । मेरो आग्रह छ ।’

    अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई अवलम्बन गर्न, राम्रो संस्कारलाई पछ्याउँदै विकासको गति लिने काममा भूमिका खेल्न सके इतिहासमा नाम कमाउन सक्ने बताए ।

    प्रतिगमनका विरुद्धमा संघर्ष गरेर आम जनताको माझमा गएको स्मरण गर्दै सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेको उनको दाबी छ।

    प्रतिनिधि सभा विघटनबारे वर्तमान सरकारमा प्रधानमन्त्रीलाई आफूले प्रश्न गरेको बताए । आफूले राजनीतिक स्थायित्व होस् भन्ने चाहेको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार