सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालोको सहमति भएको छ ।
मुख्यमन्त्रीमा दाबी पेश गर्नु साढे एक घण्टामात्रै बाँकी छँदा नेकपा माओवादी र नेकपा एमालेबीच सहमति भएको हो ।
यसअघि सातदलीय गठबन्धनमा कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति भएको थियो ।
प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले सन्तुष्ट छैन ।
अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन् ।
देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।