Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यको स–सम्मान विदाइ

कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रथम कार्यकालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि सकिएको छ ।

बुधबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री, मन्त्रीहरू, राज्यमन्त्री र पूर्व मन्त्रीहरूलाई सम्मान र विदाई गरेका हुन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रदेशमा मानक निर्धारण गर्न र असल संस्कृतिको विकास गर्न सम्मान र विदाई गरिएको बताएका थिए ।

अनुभव र सिकाइ आदानप्रदान गर्न, प्रदेश प्रमुख र मुख्यमन्त्रीको चाहनामा सम्मान एवं विदाई समारोहको आयोजना गरिएको प्रमुख सचिव दुवाडीले जानकारी दिए ।

मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएसँगै २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्य अवधि सकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077