Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् सातै प्रदेशका मुख्यमन्त्री

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि सातै प्रदेशले नयाँ मुख्यमन्त्री पाएका छन् । निर्वाचन पछि केन्द्रमा एकाएक बनेको नयाँ सत्ता समीकरणअनुसार प्रदेशमा पनि मुख्यमन्त्री चयन गरिएको हो ।

जसअनुसार बुधबार मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकै दिन चारवटा मुख्यमन्त्री नियुक्त भएका छन् । मधेसमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव, लुम्बिनीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका हुन् ।

यस्तै प्रदेश नम्बर १ मा एमालेका हिक्मत कार्की, बागमतीमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकीमा एमालेका खगराज अधिकारी भने यसअघि नै मुख्यमन्त्री भइसेका छन् । ती प्रदेशमा सभामुख चयनको प्रक्रिया पनि सुरु भएको छ ।

यसैगरी संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन गृहकार्य सुरु गरेका छन् । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदले विश्वासको मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077