Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित

धनगढी । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि बिहीबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक अझै बस्न सकेको छैन ।

प्रदेशसभा भवनमा बिहान ११ बजेदेखि सर्वदलीय बैठक जारी छ । सर्वदलीय बैठकमा लम्बिएका कारण अहिलेसम्म प्रदेशसभाको बैठक बस्न नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन् ।

भण्डारीलाई सत्तारुढ गठबन्धनका एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थन छ भने रावललाई कांग्रेसका १९ जनाको समर्थन छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले पनि रावललाई मत दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077