Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिममा मुख्यमन्त्रीका दाबेदार नै बने विना विभागीय मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार अपराह्न एमाले संसदीय दलका नेता समेत रहेका रावलले प्रदेश प्रमुख देवराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

रावलले ३ सदस्यीय मन्त्रिपरिषद् पनि बनाएका छन् । प्रदेश प्रमुख देवराज जोशीले रावललाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

माओवादी केन्द्रका खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले बिहीबार नै मन्त्रीको शपथ लिएका छन् । भट्ट मुख्यमन्त्रीका दाबेदार पनि हुन् ।

सत्ता गठबन्धनमा भएको आलोपालोमा पहिलो मुख्यमन्त्री एमालेको भागमा गरेपछि भट्ट मन्त्री नै बन्न तयार भएका हुन् । यद्यपि मन्त्रीहरूको भने मन्त्रालय तोकिएको छैन।

भट्टलाई चुनावअघि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको थियो । तर केन्द्रमा एमाले र माओवादीको समिकरण बनेसँगै प्रदेश सरकार आधाआधी चलाउने सहमति भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077