Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

रवि लामिछानेकै पार्टीका सांसदमाथि करोडौं रुपैयाँ हिनामिना गरेको आरोप

कास्की । रवि लामिछाने नेतृत्वको पार्टीबाट प्रतिनिधिसभा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठमाथि करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।

उनीमाथि पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको झण्डै एक सहकारीको झण्डै एक करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको हो । आफू अध्यक्षबाट हट्दै गर्दा नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएको आरोप लागेको श्रेष्ठले कुखुरा खरिदबिक्रीबाट प्राप्त हुनुपर्ने ९९ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको बताइएको छ ।

उक्त सहकारीले विशेषगरी कुखुरापालन तथा मासु व्यवसायलाई सहयोग गर्दै आइरहेको थियो । किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर बिक्री गर्ने काम गर्दै आइरहेको छ । तर, कुखुरा खरिदबिक्रीबाट प्राप्त रकम हिनामिना भइसकेको र त्यसको कुनै पनि बिल भर्पाइ नदेखिएको हालको कार्यसमितिले दाबी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ कात्तिक ९ गतेसम्म पोखरा रत्नचोकस्थित साथी किसान सहकारी संस्थाको अध्यक्ष थिए । कात्तिक ९ गते भएको संस्थाको २० औं साधारण सभाले डा. सनी पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077