Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीको मर्चवारमा गोली चल्यो, भारतीयसहित तीनजना पक्राउ

रुपन्देही । रुपन्देहीको नेपाल भारत सिमा क्षेत्रमा गोली चलेको छ । बिहीबार राति करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तस्करहरुले बर्चस्व देखाउनका लागि सिमा क्षेत्रमा हवाई फायर गरेको अनुमान गरेको छ । प्रहरी अहिले तस्करी न्युनिकरण गर्न लागेको छ सो क्षेत्र तस्करीको सम्भावित क्षेत्रको रुपमा हेरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकैबाट प्रहरीले भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077