Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी साधनको ठक्करबाट तीन जनाको मृत्यु

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का २९ वर्षका रुपेश तामाङ छन् ।

घटना बिहीबार राति करिब १० बजेतिर भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077