Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : चेल्सी फुलहमसँग पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी फुलहमसँग पराजित भएको छ ।

क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली फुलहमले चेल्सीलाई २-१ गोलअन्तरले हराएको हो । खेलको २५ औं मिनेटमा विलियनको गोलमा फुलहमले अग्रता बनाएको थिए ।

पहिलो हाफमा एक गोलले पछि रहेको चेल्सीका लागि ४७ औं मिनेटमा कालीदोउ कोउलीबेलीले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । एट्लेटिको मड्रिडबाट बुधवारमात्र लोन डिलमा चेल्सी पुगेका पोर्चुगिच खेलाडी जोआओ फिलिक्स डेब्यु खेलमै ५८ औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिए ।

१० खेलाडीमा सीमित भएको चेल्सीमाथि कार्लोस भिनिसियसले ७३ ‍औं मिनेटमा गोल थप्दा फुलहमले २-१ गोलअन्तरको जित निकाल्न सफल भयो । १८ खेलबाट २५ अंक जोड्दै पछिल्लो समय कमजोर प्रदर्शन गरिरहेको चेल्सी अंकतालिकाको १० औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077