Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निर्वाचन आयोगमा निवेदन

    राष्ट्रिय सभा उपचुनावमा भाग लिन ८ दलले दिए निर्वाचन आयोगमा निवेदन

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । आगामी माघ २५ गतेका लागि निर्धारित राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा भाग लिन ८ वटा राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।

    निर्वाचन आयोगले उपनिर्वाचनका लागि यहि पुस २५ गतेदेखि २८ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८ वटा राजनीतिक दलले भाग लिन निवेदन दर्ता गराएका छन्।



    लुम्बिनी प्रदेशबाट अन्य समूहतर्फ रिक्त रहेको राष्ट्रिय सभा सदस्यको एक पदको उपनिर्वाचन माघ २५ गते हुने भएको छ ।



    आयोगका अनुसार उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र बहुजन शक्ति पार्टीले दल दर्ता निवेदन दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार