Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बादललाई भोट नहाल्ने १४ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण माग

    बादललाई भोट नहाल्ने १४ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण माग

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका १४ जना बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले जेठ ६ गते भएको राष्ट्रियसभा उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा बादल’लाई हराउन भूमिका खेलेको भन्दै नेपाल समूहका १४ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    मुख्य सचेतक दीपक निरौलाका अनुसार उनीहरुलाई आइतबार बेलुका ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।
    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले उक्त निर्णय गरेको हो ।



    प्रदेशसभा सदस्यहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्त मानन्धर, शान्तिप्रसाद पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण सोधिएको छ ।



    प्रमुख सचेतक निरौलाका अनुसार स्पष्टीकरण आएपछि कारबाहीको थप प्रक्रिया सुरु हुने तथा निर्धारित समयमा पनि उचित स्पष्टीकरण पेश नगरे पार्टीले आवश्यक कारवाही प्रकृया अगाडि बढाउने जानकारी दिए ।

    बैठकले कोरोनाका कारण मृत्यु भएका प्रदेशसभा सदस्य पशुपति प्रसाद चौलागाईंको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ भने प्रदेश सरकारले हालसम्म कोरोना नियन्त्रणमा गरेको कामको प्रशंसा गर्दै थप क्रियाशिल भइ प्रदेशमा कोरोना नियन्त्रणमा लाग्न अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार